राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८१ श्रावण १,मंगलवार १५:५६
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरूलाई प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई प्रमाणीकरण गरेका हुन् ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयकलाई प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।