समाजवादी मोर्चाद्वारा कार्यदल गठन

काठमाडौं । समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ ।
एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा बसेको बैठकले मोर्चाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुलाई देशलाई पश्चगमनतिर फर्काउने प्रयास भएको निष्कर्ष निकालेको छ ।
त्यसैले समाजवादी मोर्चाको विगतको समीक्षा गर्न र आगामी योजना–कार्यक्रम बनाउन कार्यदल गठन गरेको हो । १५ दिनको समय दिइएको कार्यदलमा खड्गबहादुर विश्वकर्मा, प्रवेश हमाल, देव गुरुङ, गंगानारायण श्रेष्ठ रहेका छन् ।
बैठकमा महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा आवद्ध बनाउने निर्णय गरेको छ ।
साथै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाललाई मोर्चामा ल्याउन पहल गर्ने निर्णयसमेत बैठकले निर्णय गरेको जनाइएको छ ।