रसुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८१ श्रावण २,बुधबार १६:०३
file-photo

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

रसुवाको मन्चेट नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, दिउँसो ३ बजेर २४ मिनेटको समयमा गएको उक्त भूकम्पको तीव्रता ३ दशमलव ९ म्याग्निच्युड रहेको थियो ।

यसअघि आज बिहान पनि मुगुको धर्मा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । बिहान ४ बजेर ४० मिनेट जाँदा ३.९ म्याग्निच्युडकै भूकम्प गएको थियो ।