राप्रपा मकवानपुरद्वारा प्रजिअ चिलुवाललाई ज्ञापनपत्र

तु खबर संवाददाता
२०८१ श्रावण २,बुधबार १८:२२

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रमुख जिल्ला अधिकारी (सिडियो) तिर्थराज चिलुवाललाई ज्ञापनपत्र बुझाएको छ ।

मकवानपुरमा फैलिएको रेबिज रोग नियन्त्रण र बैंकिङ्ग क्षेत्रको नियमनका विषयमा ध्यानाकर्षण गराउँदै बुधबार सिडियो चिलुवाललाई तीन बुद्धे ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा मकवानपुरमा रेबिज लागेको कुकुरहरुको उचित व्यवस्थापन नहुँदा टोकाईको कारण जनजीवन प्रभावित भएको र उक्त स्थितिलाई तत्काल नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको विषयमा ऋृणिहरुको घर, व्यवसायमा मानसिक यातना पुग्ने गरि तनाव दिने प्रवृत्ति रोक्नुपर्नेलगायत विभिन्न विषयमा नियम बमोजिम गर्न गराउन र नियम बमोजिम दण्ड सजायको समेत सहजीकरण अबिलम्ब सम्बन्धित निकायबाट गराउने प्रबन्ध मिलाउन व्यवस्थान गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने, बागमती प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटा, क्षेत्रिय सचिव विकास दुलाल, युवा मोर्चा अध्यक्ष बिबेक बिक्रम शाह, हेटौंडा नगर अध्यक्ष अरुण लामालगायतको सहभागिता रहेको थियो ।