कार्यविधि बमोजिम सेवा सुरु गर्न संघीय अस्पताललाई निर्देशन

तु खबर संवाददाता
२०८१ श्रावण ४,शुक्रबार १७:१८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गतका अस्पताललाई सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि बमोजिम सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै , संघ अन्तर्गतका अस्पताललाई सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०७७ बमोजिम सेवा सुचारु गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी गरिएको विज्ञप्तिमा संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि बमोजिम सेवा सुरु गर्न भनिएको छ ।

सो कार्यविधिको ढाँचा मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने उक्त विज्ञप्तिमा उल्लेख छ ।