‘समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण छ’

तु खबर संवाददाता
२०८१ श्रावण ६,आईतवार ०८:५३

मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

शनिवार हेटौंडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको जिल्ला प्राविधिक कमिटीको प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताएकी हुन् । उनले अबको क्रान्ति बिज्ञान र प्रविधिमा आधारित हुनुपर्नेमा जोड दिइन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतम र नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भीम पाख्रिनले पनि वर्तमान युगमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताए । उनीहरुले उन्नत बिचार समाजमा स्थापित गर्नको लागि सूचना प्रविधिको सही उपयोग गर्नुपर्ने बताए ।

भेलामा अनुसन्धानमुलक प्राविधिक शिक्षा र शैक्षिक बेरोजगारी अन्त्यका निम्ति, प्राबिधिक विभाग भन्ने सिद्धान्त अनुरुप अखिल क्रान्तिकारी मकवानपुरले प्राविधिक विभाग गठन गरिएको जिल्ला अध्यक्ष बुद्धराज अर्यालले बताए ।

प्राविधिक विभागको प्रथम भेलाले निर्मल तिमल्सिनाको अध्यक्षतामा ४ सदस्य मनोनित गर्ने गरी १५ सदस्यीय प्राविधिक विभाग गठन गरेको छ । विभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा निलम पाख्रिन, सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाइली चयन भएका छन् ।