बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले गत असार २४ गते सामूहिक राजिनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
हाल मौजुद्धा मन्त्रिपरिषदमा नेकपा माओवादीको तर्फबाट ४ जना, नेकपा एकीकृत समाजवादीको तर्फबाट ३ जना र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन् ।