कस्तो रहला आज दिनभरको मौसम ?

तु खबर संवाददाता
२०८१ श्रावण ६,आईतवार १०:०५

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ ।

महाशाखाका अनुसार, त्यसको प्रभावले देशभर साधरणतया बदली रही हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।