बागमतीका मुख्यमन्त्रीद्वारा राजीनामा दिने घोषणा

तु खबर संवाददाता
२०८१ श्रावण ६,आईतवार १५:१८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले आज अपराह्न बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले आफ्नो नेतृत्वमा रहेको मौजुदा अल्पमतको सरकारले अविश्वासको प्रस्तावलाई निकास दिने उद्देश्यले आजै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा दिने बताएका हुन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सो बैठक संचालन भएलगतै मुख्यमन्त्रीलाई अविश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।

बागमती प्रदेश सभाका बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख पाठकले बताए ।