आइतबार नेप्से ६१ अंकले बढ्यो

तु खबर संवाददाता
२०८१ श्रावण ६,आईतवार १७:१८

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ ।

आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २ हजार ४ सय ८८ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ । यो २ दशमलव ४८ प्रतिशतको वृद्धि भएको जनाइएको छ ।

यस्तै, आज १५ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आइतबार १८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।