लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् ।
नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
आचार्यले नेपाली कांग्रेसको समर्थनमा सोमबार नै ५६ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।