सौर्य जहाज दुर्घटनाः आफन्तले ३ दिनपछि मात्रै शव पाउने

तु खबर संवाददाता
२०८१ श्रावण ९,बुधबार १६:००

काठमाडौं । आज बिहान सौर्य एयरको जहाज दुर्घटना परेर मृत्यु भएकाहरुको शव तीन दिनपछि मात्रै आफन्तको दिइने भएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गरिनेछ ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँद पोखराको लागि छुटेको उक्र जहान विमानस्थल भित्रै दुर्घटनाग्रत भएको थियो । १९ जना सवार ती जहानमा एक जना घाइते भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

घाइते हुनेमा पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।