सौर्य जहाज दुर्घटनाः मृतकको पोस्टमार्टम सुरु
![](https://www.tukhabar.com/wp-content/uploads/2019/02/accident-tukhabar.png)
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ ।
बुधबार बिहान काठमाडौंबाट पोखराको लागि छुटेको जहाज विमानस्थल भित्रै दुर्घटना हुँदा मृत्यु भएकाहरको पोस्टमार्टम सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागले जनाएको छ ।
उक्त विभागका अनुसार, पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । मृतकको आफन्तले दिएको हुलिया, फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरिएको हो ।
पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएको जनाइएको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
१९ जना सवार उक्त जहाजमा एक जना भने घाइते छन् । घाइते हुनेमा पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।