सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
![](https://www.tukhabar.com/wp-content/uploads/2018/07/Pradhanmantri-Tatha-Mantri-Parisad-Karyalaya-Tukhabar.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक हाल जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।
सो बैठकमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन आयोग गठन गर्नसक्ने जनाइएको छ ।
बुधबार बिहान पोखराका लागि छुटेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
घाइते हुनेमा विमान चालक मनिषरत्न शाक्य रहेका छन् । उनको उपचार भइरहेको छ ।
उक्त विमानमा १९ जना सवार थिए ।