विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन
![](https://www.tukhabar.com/wp-content/uploads/2018/06/prithibi-subha-gurung-Tukhabar.jpg)
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ ।
उक्त दुर्घटनाको जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
आयोगका सदस्यहरुमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् ।
सो आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।
सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।