बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

तु खबर संवाददाता
२०८१ श्रावण ९,बुधबार १९:१६
file-photo

काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि ( बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

१९ जना सवार उक्त जहाजमा एक जना भने घाइते छन् । घाइते हुनेमा पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।