आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
१९ जना सवार उक्त जहाजमा एक जना भने घाइते छन् । घाइते हुनेमा पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।