माओवादी केन्द्रको पदाधिकारी बैठक ११ बजे बस्ने

तु खबर संवाददाता
२०८१ श्रावण ११,शुक्रबार ०८:४५
Prachanda in UNGA79-

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ ।

यस्तै, बैठकमा पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ ।