आज विदेशी मुद्राको विनिमयदर कति ?

तु खबर संवाददाता
२०८१ श्रावण ११,शुक्रबार ०९:०९
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ११ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

आज एक अमेरिकी डलरको भाउ ४ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २२ पैसा कायम भएको छ ।

त्यस्तै, एक यूएई दिराम खरीद गर्न ३६ रुपैयाँ ३८ पैसा र बिक्री गर्न ३६ रुपैयाँ ५४ पैसा लाग्ने भएको छ ।

यसैगरी, यस दिन १० जापानी यनको भाउ १२ पैसाले बढेर खरीदमूल्य ८ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ८१ पैसा पुग्दा एक अस्ट्रेलियन डलर खरीदका लागि ८७ रुपैयाँ १५ पैसा र बिक्रीका लागि ८७ रुपैयाँ ५४ पैसा रहेको छ ।