विमान दुर्घटनापछि उद्धारमा खटिएका ५ प्रहरीलाई पुरस्कार प्रदान
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/nepal-police.jpg)
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धार कार्यमा खटिएका ५ प्रहरी अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यसहितको ‘अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरेर अदम्य साहससहित कर्तव्य पालन गरेको’ भन्दै उनीहरुलाई पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत हुनेहरुमा डीएसपीद्वय सुकदेव खनाल, टेक राउत र प्रहरी जवानहरु श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी रहेका छन् । उनीहरुलाई रेकर्डमा जोडिने गरी नगद पुरस्कार प्रदान गरिएको हो ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा पोखराका लागि छुटेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
१९ जना सवार उक्त जहाजमा एक पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।