खोलाले बगाउँदा दुई जना किशोरीको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण ११,शुक्रबार १७:०४
सांकेतिक तस्वीर

दैलेख । दैलेखमा शुक्रबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जना किशोरीको मृत्यु भएको छ ।

जिल्लाको महाबु गाउँपालिका–३ बाँसीका १६ वर्षीया सपना बुढा र भावना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरू बिहान ११ बजे छामघाट खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

प्रहरीले खोजी गर्ने क्रममा पौडी खेलेको स्थानभन्दा करिब तीन किलोमिटर तल मृत अवस्थामा उनीहरुको शव भेटिएको हो ।

उक्त लास खोलाबाट निकालेर पोष्टमर्टमका लागि थप प्रक्रिया अगाडि बढाइएको छ ।