विमान दुर्घटनामा मृत्यु भएकाको शव आफन्तलाई जिम्मा लगाउन सुरु

तु खबर संवाददाता
२०८१ श्रावण ११,शुक्रबार १७:१७

काठमाडौं । सौय एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकाको शव आफन्तलाई जिम्मा लगाउन सुरु गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’ बाट सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरेसँगै शव आफन्तलाई जिम्मा लगाइएको हो ।

शुक्रबार अपराह्न सहचालकसहित चार जना मृतकका आफन्तले शव बुझेको जनाइएको छ ।

तर, केही आफन्तले भने बीमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका छन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा पोखराका लागि छुटेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

१९ जना सवार उक्त जहाजमा एक पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।