विश्व बैंकबाट १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने सरकारको निर्णय
काठमाडौं । सरकारले १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार, बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि उक्त रकम बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।
बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४ दशमलव ६ मिलियन एसडीआर अर्थात १ हजार मिलियन अमेरिकी डलर बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको संचारमन्त्री गुरुङले बताए ।