माओवादी पदाधिकारी बैठकः मंगलबार प्रचण्डले जवाफ दिने

तु खबर संवाददाता
२०८१ श्रावण १४,सोमबार १८:४०
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमको भोलि मंगलबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जवाफ दिने भएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले उठाएको प्रश्नको अध्यक्ष प्रचण्डले मंगलबार बस्ने बैठकमा जवाफ दिने भएका हुन् ।

बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने क्रम सोमबार सकिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार, नेताहरूको आचरण, जीवनशैली, जनसम्बन्ध सुधारका लागि प्रतिपक्षको अवसरको उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।