बागमती प्रदेशः नेमकिपा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने
मकवानपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा ) बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने भएको छ ।
नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विगतदेखि नै प्रतिपक्षको भूमिकामा रहेकाले यस पटक पनि प्रतिपक्षमा रही मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने बताएका हुन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने भएको छ । संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले मुख्यमन्त्रीले विश्वासको मतको लागि पेश गरेको प्रस्तावमाथि भएको छलफलमा लामालाई मत दिन नसक्ने जानकारी गराएका हुन् ।
यस्तै, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्रीले विश्वासको मतको लागि पेश गरेको प्रस्तावमाथि भएको छलफलमा माओवादी केन्द्रको तर्फबाट युवराज दुलाल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले भाग लिन्दै सो बारे जानकारी गराएका हुन् ।