२०८४ को निर्वाचनमा एक्लै लड्ने माओवादीको निर्णय

तु खबर संवाददाता
२०८१ श्रावण १५,मंगलवार १८:४०
पुरानो तस्बिर : तु खबर डटकम

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी २०८४ सालमा हुने निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ ।

शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार, बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् ।

यस्तै, बैठक यही साउन २५ गते स्थायी समिति बैठक आह्वान गर्ने निर्णय पनि गरेको उनले बताए ।

माओवादी पदाधिकारी बैठक पाँच दिनसम्म संचालन भयो ।