नेपाली सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई
काठमाडौं । सरकारले नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आगामी भदौं २४ मा सकिँदैछ ।
यससँगै कामु प्रधानसेनापति सिग्देल आगामी भदौं २६ गतेपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति बन्नेछन् ।