सौर्य जहाज दुर्घटनाः घाइते पाइलटलाई डिस्चार्जको तयारी
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते भएका पाइलटलाई डिस्चार्जको तयारी गरेको छ ।
केएमसी अस्पतालमा उपचाररत क्याप्टेन मनिष शाक्यको डिस्चार्जको तयारी गरेको हो । उनको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको उक्त अस्पतालले जनाएको छ ।
गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि छुटेको विमान धावनमार्गनजिकै दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।
उक्त जहाजमा १९ जना सवार थिए ।