नेप्से सूचक घट्यो, पौने २२ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्स परिसूचक सामान्य अंकले घटेको छ ।
आज नेप्से परिसूचक ५ दशमलव २९ अंकले घट्दा २ हजार ७५५ दशमलव ६२ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज ३३२ सूचीकृत कम्पनीको ५ करोड १३ लाख कित्ता शेयर खरिदबिक्रि भएको छ भने २१ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ ।
अघिल्लो दिन २१ अर्ब ९१ करोडको कारोबार भएर उच्च रेकर्ड बनेको थियो ।
यसदिन ७४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ३ को स्थिर रहेको जनाइएको छ ।