मधेश सरकारले गुरूदेव कामतको निधनमा राष्ट्रिय झण्डा आधा झुकाउने

तु खबर संवाददाता
२०८१ श्रावण १८,शुक्रबार १७:०१
file-photo

जनकपुरधाम । शास्त्रीय संगीतका साधक गुरूदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहले एक विज्ञप्ति जारी गर्दै साउन २० गते आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने भएको जानकारी दिए ।

जारी विज्ञप्तिमा मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीत विधालाई आजीवन अघि बढाउनु भएका स्व.गुरूदेव कामतको निधनप्रति शोक प्रकट गरेको छ ।

स्व.गुरूदेव कामतको साउन १७ गते बिहीबार निधन भएको थियो । उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।