कांग्रेस बागमतीको भौतिक पूर्वाधार विभागमा २४ जना सदस्य मनोनीत
![](https://www.tukhabar.com/wp-content/uploads/2024/08/congress-bagamati-e1722742156561.jpg)
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना सदस्य मनोनीत भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले शनिबार उक्त विभागमा २४ जनालाई मनोनयन गरेका हुन् ।
कांग्रेस बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागको प्रमुख बिक्रम लामाको सभाध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमूख आतिथ्यतामा काठमाडौंको नयाँ बानेश्वरमा शसम्पन्न कार्यक्रममा प्रदेशका १३ जिल्लाका २४ सदस्यलाई विभागमा मनोनीत गरिएको थियोे ।
सदस्य मनोनीत कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले अहिले व्यवस्था जोगाउन र देशको समृद्धिको लागि प्रमुख दुई ठूला दल मिलेर सरकार बनाएकाले यो सरकारलाई असफल हुने छुट नभएको बताए ।
प्रत्यक्ष निर्वाचनमा नै समानुपातिक, समावेशिताको सुनिश्चितता गरी संविधान संशोधन आवश्यक रहेको बताउँदै सभापति बानियाँले राणा, राजा र माओवादीसम्मलाई मिलाएर देश र जनताको हितमा काम गरेको कांग्रेस पछि पर्नुमा आन्तरिक मनमुटाव प्रमुख कारण रहेकाले यसको लागि केन्द्रीय नेतृत्व तहले विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा विभागमा सदस्यहरु चेत बहादुर तामाङ, सन्तोष कुमार रोक्का, नेत्रमान प्रधान, रामेश्वर पुडासैनी, राजकुमार चौरेल, बिनुलक्ष्मी ताम्राकार, खड्कप्रसाद सिवकोटी, बिकास काजी श्रेष्ठ, म्हेन्दो लामा, छिरिङ डोल्मा लामा मनोनीत भएका छन् ।
त्यस्तै, चेतना थापा कार्की, निर्मल लामा स्याङतान, कविता भट्टराई, हरी पनेरू, पदमबहादुर भण्डारी, अशोककुमार तण्डुकार, शिवकुमार खड्का, बाबुराम प्रधानँ, राज ढुँगाना, दीपेन्द्र खरेल, कमल खत्री, रमेश पौडेल, राजन कार्की र निर्मल थापालाई विभागको सदस्यमा मनोनीत गरि प्रमाणपत्र वितरण गरिएको थियो ।
बागमती प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु उपस्थिति रहेको कार्यक्रममा प्रदेश सदस्य जगदिशनरसिं केसी, बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।