मौसम खराबका कारण हवाई उडानमा समस्या

तु खबर संवाददाता
२०८१ श्रावण २२,मंगलवार ०९:३७

काठमाडौं । अविरल वर्षाका कारण हवाई उडानमा समस्या आएको छ ।

आज बिहानदेखि आएको अविरल वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलले जानकारी दिए ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार, बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या भएको हो ।

खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भइरहेको र केही डाइभर्ट समेत भएको प्रवक्ता झाले बताए ।