नाग पञ्चमीको अवसरमा शुक्रबार सार्वजनिक विदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले यही साउन २५ गते शुक्रबार सार्वजनिक विदा दिएको छ ।
प्रदेश सरकारले नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले उक्त दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक विदा दिएको जानकारी दिए ।