क्यानाडामा भोलिदेखि विश्व पानी सम्मेलन र प्रदर्शनी हुँदै
क्यानाडा । क्यानाडाको टोरन्टोमा भोलिदेखि ५ दिने विश्व पानी सम्मेलन र प्रर्दशनी आयोजना हुने भएको छ ।
विश्व पानी संघको आयोजनाम हुन लागेको सो कार्यक्रममा परम्परागत पानी क्षेत्र र बाहिरका सरोकारवालाहरुलाई एकै ठाउँमा सहभागी गराउने आयोजकको भनाई छ । कार्यक्रममा पानीसँग सम्बन्धित सरोकारवाला र समूहहरु, उद्योग, कृषि, वास्तुविद् र सहरी योजनाकारहरु, भूजल विशेषज्ञ र वैज्ञानिकहरु, आइटी र आर्थिक क्षेत्रका विज्ञहरुलाई भेला गर्ने योजना बनाएको छ ।
कार्यक्रममा विशेषगरी, उत्तर एट्लान्टिकमा पानीका चुनौती र यसका समधानबारे विमर्श हुनेछ । क्यानाडा र उत्तरी अमेरिकाबाट कार्यक्रममा महत्वपूर्ण प्रतिनिधित्व हुने आयोजक विश्व पानी संघले जनाएको छ ।
कार्यक्रममा १ सयभन्दा बढी सेसन र ६० वटा वर्कसप आयोजना हुने छ । वर्तमान र भविश्यमा पानीको व्यवस्थापन कसरी गर्ने, पानी समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा बृहत् छलफल हुने कार्ययोजना छ । पानीसँग सम्बन्धित विज्ञहरु, वैज्ञानिकहरु र सरोकारवालाबीच महत्यवपूर्ण ज्ञान र सिप आदानप्रदान हुने अपेक्षा आयोजकको छ ।
यसअघि २०२२ मा कोपनहेगनमा भएको पानी सम्मेलनमा १ सयभन्दा बढी देशबाट करीव ९ हजारको सहभागीता रहेको थियो ।