भारतीय विदेश सचिव आज नेपाल आउने
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउने भएका छन् । उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
उनलाई परराष्ट्र सचिव सेवा लम्सालले भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।
नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो भ्रमण हो ।
उनले नेपाल भ्रमणका क्रममा नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
उनी भोलि साउन २८ गते भारत फर्किने कार्यक्रम रहेको छ ।