जोन रोज ग्लोबल वाटर अवार्डको विजेता घोषित
क्यानाडा । प्रोफेसर जोन रोजलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पानी संघको ग्लोबल वाटर वाटर अवार्डको विजेता घोषित गरिएको छ । क्यानाडाको टोरोन्टोमा आयोजना भइरहेको विश्व पानी सम्मेलन र प्रर्दशनीमा उनलाई अवार्ड विजेता घोषणा गरिएको हो ।
उनलाई सो अवार्डबाट विश्व पानी सम्मेलन र प्रर्दशनीका क्रममा टोरोन्टोमा प्रदान गरिएको छ । विश्व पानी संघका अध्यक्ष टम मोलेनकोप एओबाट सो अवार्ड हस्तान्तरण समेत गरिएको छ ।
विश्वमा पानीका समस्या र चुनौतीहरुको समाधानमा काम गरिरेहकाहरुलाई र पानीको भविश्यलाई कस्तो आकार दिने भन्ने विषयमा केन्द्रीत अहिले क्यानाडामा पानी सम्मेलन र प्रदर्शनी चलिरहेको छ ।
‘हाम्रो पानीको भविष्यलाई आकार दिने’ भन्ने विषयमा केन्द्रित रहेको उक्त कार्यक्रमले जलवायु परिवर्तनको एजेन्डा र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू ९क्म्न्क० सँग विशेष सान्दर्भिकता समेत राख्ने आयोजक सस्था विश्व पानी संघले जानकारी दिएको छ ।
विश्वव्यापी जल समुदायको एक अत्यन्त सम्मानित सदस्य, जोन यूएस नेसनल एकेडेमी अफ इन्जिनियरिङका सदस्य हुन्। उनको अनुसन्धानले नयाँ आणविक विधिहरूको प्रयोग, रोगजनकहरूको निगरानी, पानी र फोहोर पानीको उपचारद्वारा रोगजनकहरूलाई हटाउने लगायतका विषयमा केन्द्रीत छ ।
विश्व पानी सम्मेलन र प्रदर्शनीले पानी क्षेत्र भित्र र बाहिरका पानी विशेषज्ञहरू, नेताहरू, निर्णय निर्माताहरू, प्रमुख अनुसन्धानकर्ताहरू, र व्यापार प्रतिनिधिहरू सम्मिलित महत्वपूर्ण कार्यक्रमको आयोजना गरिरहेको छ ।
यही अगस्ट ११ देखि संचालनमा रहेको सम्मेलन र प्रर्दशनी १५ सम्म रहने छ । विश्वले पानी क्षेत्रको सामना गरिरहेका महत्वपूर्ण बहसहरू सम्मेलनमा छलफल भइरहेको विश्व पानी संघका कम्युनिकेशन एण्ड मार्केटिङ अफिसर साक्षी शुक्लाले जानकारी दिइन् ।