माछा खाएर बिरामी भएका तीन बालबालिकाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
बारा । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको सिम्रौनगढ नगरपालिका– ७ झवानीटोलका नरेश रामका तीन जना छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा नरेशका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया छोरी पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन राम रहेका छन् ।
प्रहरीका अनुसार, आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएर स–परिवार सुतेका थिए । राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या आई उनीहरु बिरामी परेका थिए ।
सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट उपचार सम्भवन नभएपछि प्रादेशिक अस्पताल कलैया रिफर गरिएको थियो ।
उनीहरुलाई प्रादेशिक अस्पताल कलैया लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको जनाइएको छ ।
तीनै जनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।