मन्त्रिपरिषद्को निर्णय लिक नगर्न प्रधानमन्त्रीको कडा निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेको भन्दै मनत्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले अन्य मन्त्रीलाई जथाभाबी मिडियालाई निर्णय नटिपाउन कडा निर्देशन दिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार, निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको छ ।