बागमतीसहित सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र बनाइने

तु खबर संवाददाता
२०८१ श्रावण २९,मंगलवार १६:२७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बागमतीसहित देशको सात वटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोल्ने घोषणा गरेका छन् ।

विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् ।

आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको उनको भनाई छ । उनले तत्काल कोशी प्रदेशबाट यो काम थालिने बताए ।

स्वास्थ्य मन्त्री पौडेलले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरू प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अगाडि बढाएको बताए । केन्द्रले देशभर सेवा प्रदान गर्न नसक्ने भएकाले देशभर नै उपकेन्द्र खोलेर सेवा बिस्तार गर्न लागेको उनले बताए ।