सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

तु खबर संवाददाता
२०८१ श्रावण ३०,बुधबार ०९:१७
file-photo

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिटको आवश्यकता पर्दछ ।

सो प्रदेशमा कांग्रेसका १८, माओवादी र एमालेका ११–११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद रहेका छन् ।