राष्ट्रिय सभामा टीआरसी विधेयक टेबल

तु खबर संवाददाता
२०८१ श्रावण ३१,बिहीबार १६:०८
file-photo

काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ ।

प्रतिनिधि सभाले पारित गरेको उक्त टीआरसी विधेयक बिहीबार बसेको राष्ट्रिय सभामा टेबल भएको हो ।

बैठकमा उक्त विधेयक राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् ।

सो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ ३ गते बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।