टोरन्टोमा विश्व पानी संघको प्रोजेक्स एनोभेसन अवार्ड सम्पन्न

तु खबर संवाददाता
२०८१ श्रावण २९,मंगलवार २०:४७
Photo Credit- IWA-Project Innovation Awards

क्यानडा (टोरन्टो) । विश्व पानी सम्मेलन र प्रदर्शनीका क्रममा आज क्यानाडाको टोरन्टोमा विश्व पानी संघको प्रोजेक्स एनोभेसन अवार्ड गाला सम्पन्न भएको छ ।

समग्र ग्लोबल इनोभेसन अवार्ड ६ विधाका विजेताहरुलाई प्रदान गरिएको छ ।

समग्र ग्लोबल ग्रान्ड इनोभेसन अवार्ड विजेताहरू चाइना कन्सेप्ट वेस्टवाटर ट्रीटमेन्ट प्लान्ट र सीएसडी वाटर सर्भिस कम्पनी  लिमिटेडको समिति थिए। यो पुरस्कार चाइना कन्सेप्ट वेस्टवाटर रिसोर्स सुविधाको प्रयोगको सफलताको कदरस्वरूप प्रदान गरिएको विश्व पानी संघले जानकारी दिएको छ ।

विश्व पानी संघले विश्व पानी कांग्रेस र प्रदर्शनीमा द्विवार्षिक रूपमा सम्मानित, प्रोजेक्ट इनोभेसन अवार्डहरूले पानी व्यवस्थापन, अनुसन्धान र प्रविधिमा विश्वव्यापी उत्कृष्टता र नवाचारलाई मान्यता र प्रवर्द्धन गर्ने अभिप्राय बोकेको छ । । यसमा प्रोजेक्ट इनोभेसन अवार्ड ९एक्ष्ब्० ले प्रत्येक तीन फाइनलका साथ छ विधाहरू समावेश गरेको थियो । प्रत्येक वर्गले पानीको आविष्कारको फरक पक्ष र प्रविधिको सफलतादेखि शासन र कार्यसम्पादन सुधारसम्मलाई महत्व दिने विश्व पानी संघका कम्युनिकेशन अफिसर साक्षी शुक्लाले जानकारी दिइन् ।

पुरस्कार छनौटका लागि पानी क्षेत्रमा क्रियाशील विशेषज्ञहरुलाई समावेश गरिएको थियो । अवार्ड छनौटका क्रममा विश्वव्यापी परियोजनाहरुको व्यवहारिक सान्दर्भिकता र सम्भावनालाई केन्द्रमा राखिएको थियो ।

आयोजकका अनुसार, ग्रान्ड इनोभेसन अवार्डले विश्वव्यापी महत्वको साँच्चै उत्कृष्ट परियोजनालाई प्रतिनिधित्व गर्दछ। यो समग्र अवार्ड यस वर्षका ६ ‘गोल्ड’ पीआईए विधाका विजेताहरूबाट विज्ञ निर्णायकहरूले छनोट गरेका हुन्।

विश्व पानी संघले अहिले क्यानाडामा विश्व पानी सम्मेलन र प्रर्दशनीको अयोजना गरिरहेको छ । विश्वमा बढ्दो पानीको अभाव, पानीको शुद्धता लगायतका विविध पक्षमा पानी सम्मेलन केन्द्रीत रहेको आयोजक सस्थाले जानकारी दिएको छ ।