जसपा नेपाल केन्द्रीय समिति बैठकले गर्यो ६७ बुँदे निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकले विभिन्न ६७ बुँदे निर्णय गरेको छ ।
साउन २७, २८, २९ र ३० गते गरी चार दिन बसेको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको हो ।
बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायतको बारेमा निर्णय गरेको हो ।
यस्तै, जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणका लागि खटाउने, केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने निर्णय गरेको छ ।