मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने

तु खबर संवाददाता
२०८१ भाद्र ३,सोमबार १६:४२
file-photo

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि मंगलबार विश्वासको मत लिने भएका छन् ।

गत साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् ।

आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा आवश्यक बहुमतको लागि ४४ सांसदको आवश्यक पर्दछ ।