समाजवादी मोर्चाको सचिवालय बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको सचिवालय बैठक हाल जारी छ । बैठक ललितपुरस्थित एकान्तकुनामा बसिरहेको हो ।
समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूर्णता दिन समाजवादी मोर्चाको सचिवालय बैठक बसेको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
यसअघि मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनासम्बन्धी समीक्षात्मक दस्ताबेजलाई पूर्णता दिने उनलृे बताए ।
यसअघि आइतबार बस्ने भनिएको बैठक विशेष कारणवस् स्थगित गरिएको थियो ।