‘आजसम्म ग्राहकहरुको गुनासो सुन्नु परेको छैन’

तु खबर संवाददाता
२०८१ भाद्र ३,सोमबार १८:०८

व्यावसायिक वार्ता

सवालः होराइजन अटो प्रालिको स्थापना कहिले भयो ? ग्राहकहरुलाई के–कस्तो सेवा दिँदै आइरहनुभएको छ ?

जवाफः धन्यवाद । म होराइजन अटो प्रालिको सञ्चालक लालकाजीरत्न बज्राचार्य । हाम्रो होराइजन अटो प्रालि हेटौंडाको टिसिएन रोडमा अवस्थित छ । करिब १८ वर्षदेखि हामीले यो व्यावसाय सञ्चालन गर्दै आएका छौँ ।

२०६३ साल साउन १ गतेदेखि होराइजन अटो प्रालि सञ्चालनमा आएको हो । हामीले विशेषगरी बजाज कम्पनीका सवारी साधनहरु विक्रि वितरण, सट्टापट्टा र मर्मतको काम गदै आएका छौँ । ग्राहकहरुको लागि सुलभ मूल्यमा सवारी साधन उपलब्ध गराउँदै आएका छौँ ।

सवालः होराइजनले विक्रि गर्ने सवारी साधनहरुको विषयमा बताइदिनुहोन् न ?

जवाफः होराइजनले बजाजको टु ह्विलर र थ्री ह्विलर विक्रि गर्छ । हामी बजाजको युनिडिलर हौँ । बजाज कम्पनीको मकवानपुर जिल्लाको लागि आधिकारिक बिक्रेता नै हौँ । हामीले तीन पाङ्ग्रे सवारी साधन पनि विक्रि गर्दै आएका छौँ । तीन पाङग्रेमा थ्री ह्विलर र म्याक्सिम्याम भन्ने छ । हामीले त्यसमा पनि करिब ८ वर्षदेखि सेवा सुविधा दिँदै आएका छौं ।

साथै स्कुटर बाइक यही दशैंमा लन्च गर्ने तयारी गरिरहेका छौँ । सबैभन्दा पहिले कम्पनीले स्कुटर सेल्सको सेवा दिन थालेको थियो । बिचमा केही कारणबस रोक्नुपर्यो । अब यही दसैँमा फेरी लन्च गर्दैछौँ ।

सवालः बजारमा विभिन्न कम्पनीका सवारी साधन गुडिरहेको पाइन्छ । ग्राहकले बजाज कम्पनी नै रोज्नुपर्ने खास कारण के छ त ? यसका विषेशताहरु भनिदिनुहास् न ?

जवाफः बजाज नै रोज्नुको कारण त विगत १६–१७ वर्षदेखि पल्सर बाइकप्रतिको ग्राहकहरुको रुचीले नै पुष्टि गर्छ ।
‘नामै काफी छ’ भनेको जस्तै पल्सर बाइकको भारबाहन क्षमता, सहजै यसका पाट्र्सहरु पाउन सकिने, अझ पल्सर मात्रै नभई बजाज कम्पनीको सबै सवारी साधनको पाट्र्स सहजै जहाँ पनि पाउन सकिन्छ ।

नेपालको सबैभन्दा अग्लो ठाउँमा पनि बजाजको स्वरुम छ । यहाँ पनि बजाजको सेवा सुविधा पाउन सकिन्छ । सर्वसुलभ दरमा पाउने गरी बजाजको सर्भिस नेपालको सबै ठाउँमा छ । यसको भ्यालुएशन पनि राम्रो भएकाले बजाज नै रोज्न हामी सल्लाह दिन्छौँ ।

सवालः बजाज कम्पनीका सवारी साधन तुलनात्मक रुपमा बढी चोरी भएको घटना सुनिन्छन् नी, वास्तविकता के हो ?

जवाफः पछिल्लो समय सवारी साधन चोरीका घटना बढिरहेको छ । त्यो सत्य हो । चोरीका घटना बढ्नुमा सवारी साधनको गुणस्तर मात्रै नभई अन्य कारणहरु पनि छन् । बजाजको मात्रै नभई सबैखाले सवारी साधन चोरी भएको तथ्याङ्क ट्राफिक कार्यालय मकवानपुरमा भेट्न सकिन्छ । समग्रमा हेर्ने हो भने बजाजको अलि बढी छ ।

बजाजको पल्सर टु ट्वान्टी सिसिको इन्जिनबाट भैरहवामा जहाज पनि बनाइएको समाचार हामीले पढेकै हौँ । त्यसकारण यसको इन्जिन बलियो भएकाले चोरहरुले बजाजका सवारी साधनलाई रोजेका हुन् । यसको इन्जिनबाट पम्प बनाउने, अन्य उपकरण चलाउन सकिने भएकाले चोरीमा बजाजनै अगाडि आएको हो । तर, अहिले त्यो समस्या छैन । कम्पनीले चोरीका घटनालाई मध्येनजर गरेर त्यसको समाधान निकालिसकेको छ । अब बजाजका सवारी साधन किन्ने ग्राहकले चोरीको समस्या झेल्नु पर्दैन । तर, सवारी धनीले पनि आफ्नो सवारीको ख्याल राख्ने, आफु पनि सतर्क हुन भने पक्कै पर्छ ।

सवालः दसैँ, तिहार जस्ता पर्वहरु नजिकिँदै छन्, यहाँहरुले ग्राहकहरुको लागि के कस्ता स्किम ल्याउँदै हुनुहुन्छ ?

जवाफः हामीले विगत १८ वर्षदेखि मकवानपुरमा रही ग्राहकहरुलाई सेवा दिँदै विश्वास दिलाउन सफल भएका छौं । होराइजनले सेवा सुविधा राम्रो दिन्छ भनेर एउटा पहिचान बनाएका छौँ । स्थापनाकाल देखि हालसम्म झण्डै दुई हजार बाइक विक्रि गरिसकेका छौँ ।

ग्राहकहरुको सहजताको लागि मकवानपुरको मनहरी, भीमफेदी, पालुङ, पदमपोखरी, जुरेली, हात्तीसुँडे गरी ६ ठाउँमा हामीले डिलर खोलेका छौं । कुनै पनि बजाजको मोटरसाइकलमा समस्या भयो भने नजिकको डिलरबाट सेवा सुविधा लिन म ग्राहकहरुलाई सुझाव दिन चाहान्छु ।

बजाजको मोटरसाइकल नै किन लिनुपर्छ भने लाग्छ भने हामीले त्यसमा सेवा सुविधा धेरै दिन थालेका छौं । फाइनान्सको सुविधा पनि छ । हाम्रो आफ्नै कम्पनीको पनी फाइनान्स छ । त्यसमा हामीले ३० देखि ७० प्रतिशतसम्म फाइनान्सको सुविधा दिएका छौँ । त्यत्ति मात्रै नभई जुनसुकै कम्पनीको बाइक सट्टापट्टा गर्ने गरेका छौँ । यस्तै, बजाजले ५ वर्षको वारेन्टी पनि दिने गरेको छ । सो समयमा कुनै पनि मेजर पाट्र्स विग्रीयो भने वारेन्टीमार्फत् नयाँ पाउन सक्नुहुन्छ ।

दसैँको अफर चाँही सबै कम्पनीले ल्याएको छ । हामीले विशेषगरी आफ्नो ग्राहकलाई लक्षित गरेर राम्रो अफर ल्याउँदैछौँ । हरेक वर्ष झै यस वर्ष पनि सबैखाले कम्पनीका बाइक सट्टापट्टा गर्छौँ । केही सुविधाहरु यसपाली बढेर आउँदैछन् । जुन, ग्राहकहरुको हितमा छ ।

सवालः बजाजको सवारी साधन मर्मतको क्रममा निकै खर्चिलो भएको गुनासो छ । यसबारे के भन्न चाहानुहुन्छ ?

जवाफः यस्तो हो, राम्रो सामानको मूल्य राम्रो पर्छ । बजाजको मात्रै होइन जुनसुकै सोरुमबाट किनेको सामान केही महंगो हुन्छ । किनकी, सोरुमासामान गुणस्तरीय हुन्छ । त्यो लामो समयसम्म टिक्छ । पैसा अनुसारको काम भनेजस्तै बजाजको सामान गुणस्तरीय हुने भएकाले केही महंगो जस्तो लागेको हो । सस्तो सामान हेर्दा उस्तै लागेपनि त्यो गुणस्तरीय हुँदैन । लामो समयसम्म टिकाउ पनि हुँदैन । अझ अन्य कम्पनीको हेर्ने हो भनेत, मुख्य पाट्र्सहरु बजाजको झनै सस्तो पाउन सक्नुहुन्छ । केही पाट्र्स भने महंगो पनि छ ।

सवालः लामो समयदेखि व्यावसाय सञ्चालन गर्दै आइरहनुभएको छ । ग्राहकहरुको बजाज कम्पनीबारे कस्तो धारणा पाउनुहुन्छ ?

जवाफः ग्राहकहरुको धारणा वा सुझाव सुन्दा निकै खुसी लाग्छ । किनकी व्यवसाय सञ्चालन गरेको यत्तिका वर्ष भयो हामीले ग्राहकको गुनासो चाँही सुन्न परेको छैन । ग्राहकहरुबाट होराइजन अटो प्रालि र बजाज कम्पनीप्रतिको विश्वास देख्दा गर्व लाग्छ । हाम्रो मुख्य उद्देश्य भनेकै ग्राहक वर्गलाई खुसी पार्नु हो । त्यसका लागि निरन्तर लागिरहन्छौँ ।

सवालः नेपालमा व्यावसायिक सुरक्षा छैन भन्नेको जमात ठूलो छ । राज्य पक्षबाट वा व्यवसायीहरुकै संस्थाबाट यहाँहरुलाई उल्लेख्य सहयोग/समन्वय नभएकै हो त ?

जवाफः अहिलेको अवस्थामा अधिकाँश व्यवसायी मारमा छन् । तीमध्ये सबैभन्दा धेरै अटो व्यवसायीहरु मारमा छन् । नेपाल सरकारलाई मुलकमा सबैभन्दा धेरै कर बुझाउने भनेको अटो सेक्टरले हो । अटो सेक्टरबाट जतिपनि कर राज्यलाई जान्छ, त्यसको तुलनामा राज्यपक्षबाट केही पनि भएको छैन भन्दा अत्युक्ती नहोला । मन्दीका कारण जर्जर अवस्थामा जुन क्षेत्रले बढी कर तिरेको छ, त्यही क्षेत्र उपेक्षामा छ । व्यवसायीहरुलाई राज्यले जति सहयोग गर्नुपर्ने हो, त्यति गरेको छैन । अन्य व्यावसायीहरुकै संस्थाले पनि व्यवसायीलाई अपेक्षाकृत सहयोग समन्वय गर्न सकेको छैन ।

देश चलाउनका लागि आर्थिक क्षेत्र महत्वपूर्ण हुन्छ । आर्थिक क्षेत्र सबल बनाउनको लागि व्यवसायीहरुले नियमित कर तिरिरहेका छन् । आफ्नो तर्फबाट राज्यलाई सहयोग पुर्याइरहेकै छन् । हामीले विभिन्न सामाजिक कार्यमा संलग्न भएर पनि राज्यलाई सहयोग गरिरहेकै हुन्छौँ । समग्रमा व्यवसायीले चाँही धर्म छोडेका छैनन् भन्ने लाग्छ ।

सवालः आगामी योजना सुनाउँदै अब अन्तरवार्ताको अन्त्यमा के भन्न चाहानुहुन्छ ?

जवाफः हाम्रो आगामी योजना भनेको कसरी आफ्नो ग्राहकलाई खुसी बनाउने कसरी हाम्रो सेवाबाट सन्तुष्ट बनाउने भन्ने नै हो । सेल्समा, पाट्समा वा सर्भिसिङमा होस् हामी सेवालाई अझै चुस्त बनाउँदै लैजान्छौँ । सेल्सका लागि ग्राहकहरुका लागि विभिन्न अफर ल्याएर सर्वशूलभ दरमा सवारी साधन उपलब्ध गराउँछौँ । पाट्र्सका लागि हामी चाँडै नै एउटा ग्यारेज खोल्दैछौँ । मकवानपुरका ग्राहकहरुलाई सहज होस् भनेर हेटौंडामा पाट्र्सको मात्रै एउटा सोरुम खोल्न लागेका हौँ । यो कुरा मैले पहिलो पटक तु खबरलाई जानकारी गराएँ । अब हामी चाँडै शनिबार पनि सेवा सुविधा दिने व्यवस्था मिलाउँदैछौँ ।

हरेक उमेर समूहलाई लक्षित गरेर बजाजले मोटरसाइकल बजारमा ल्याएको छ । आफ्नो घरमा बसेर व्यवसाय गर्ने कम्प्युटर सेक्टरमा लागेर काम गर्ने व्यक्तिका लागि प्लेटिना डिस्कोवर उपयुक्त छ । यसमा ग्राहकको कुनै गुनासो आएको छैन । योङ पुस्ताको लागि १५०, २२० सिसिदेखि एनएस लगायतका बाइकहरु छन् ।

अन्तर्राष्ट्रिय स्तरको बाइक चाहियो भन्नेहरुका लागि डोमिनर बाइक ल्याएका छौँ । एभेन्जर जस्तै खालको बाइक पनि हामीसँग छ ।

अन्तरवार्ताको अन्त्यमा तु खबरले लामो समयदेखि हेटौंडामा व्यावसाय गर्दै आएका हामीजस्ता व्यवसायीको कुरा पनि जनतासामू पुर्याउने अवसर दिनुभयो । लोकप्रीय मिडिया तु खबर डटकमप्रति अत्यन्तै आभार प्रकट गर्न चाहान्छु ।