आज विदेशी मुद्राको विनिमयदर कति ?

तु खबर संवाददाता
२०८१ भाद्र ५,बुधबार ०९:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१३८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.६३ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.४५ रुपैयाँ रहेको छ ।