बिहीबार शेयर बजारमा वृद्धि, १९ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०८१ भाद्र ६,बिहीबार १६:०६

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ०१ अंकले बढ्दै २ हजार ९७४ दशमलव ४६ विन्दुमा उक्लिएको हो ।

यसअघि बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बढ्दै २ हजार ९६८ दशमलव ४४ विन्दुमा अडिएको थियो ।

यस्तै, बिहीबार १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यसदिन १३२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको मूल्य घटेको छ । तीन वटा कम्पनीको मूल्य भने स्थिर रहेको जनाइएको छ ।