सहकारी छानबिन समितिः रवि लामिछानको बयान आज

तु खबर संवाददाता
२०८१ भाद्र ७,शुक्रबार १०:१५
file-photo

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री रवि लामिछानेको बयान लिने भएको छ ।

समिति सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, पूर्व उपप्रधानमन्त्री समेत रहेका लामिछानेलाई आज बयानको लागि आह्वान गरिएको हो ।

उनलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पनि सोधपुछको लागि बोलाइएको छ ।

जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाएको जनाइएको छ ।