धितोपत्र बोर्डको विभिन्न ६ पदका लागि आवेदन माग

तु खबर संवाददाता
२०८१ भाद्र ७,शुक्रबार १०:२७
file-photo

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिक्त विभिन्न पदका लागि आवेदन माग गरेको छ ।

बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न ६ पदका लागि आवेदन माग गरेको हो ।

बोर्डले शुक्रबार जारी गरेको सूचना अनुसार, प्रशासनतर्फ सहायक निर्देशक दुई जना, वरिष्ठ सहायक एक जना र सहायक तीन जना गरी ६ जनाका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्ने जनाइएको छ ।

यस्तै, दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदन दिन व्यवस्था मिलाइएको जारी सूचनामा उल्लेख छ ।